लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा पुनः कृष्ण चयन

नेपालगञ्ज । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको जिल्ला अध्यक्षमा पुनः कृष्ण बहादुर पुन मगर चयन हुनुभएको छ । नेपालगञ्जमा भएको जिल्ला अधिवेशनले पुनः पुनलाई अध्यक्षमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनले सर्वसम्मत रुपमा चयन गरेको कार्यसमितिको उपाध्यक्षद्धय केदार रत्न मानन्धर, विशाल बहादुर कर्मचार्य, सचिवद्धयमा सिता घर्ती मगर र अम्मर बहादुर थापा मगर, सहसचिवद्धयमा खगीसरा राना मगर, शोभा गुरुङ रहनुभएको छ । यस्तै सदस्यहरुमा दल बहादुर राणा मगर, चन्द्रा कुमारी दर्लामी मगर, लक्ष्मी घले गुरुङ, काजी शेर्पा, किशोर कुमार श्रेष्ठ, चन्द्र शेखर श्रेष्ठ, चन्दा लामा र उत्सव सिजाली मगर चयन हुनुभएको हो ।

अधिवेशनको उद्घाटन शत्रमा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ का संघीय सांसद किशोर सिंह राठोर, लोकतन्त्र आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, लोकतन्त्र आदिवासी जनजाति महासंघका केन्द्रीय प्रतिनिधि हेमन्त कर्मचार्य, लोकतन्त्र आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य टोप बहादुर थापा मगर रहनुभएको थियो ।

यस्तै नेपाली कांग्रेस जिल्ला उपसभापति गोपाल अधिकारी, क्षेत्र नं १, २ र ३ का नेपाली कांग्रेस सभापति, प्रदेश सभापति, उपमहानगरपालिका सभापति, नगरपालिका सभापति, पालिका सभापति, महासमिति सदस्यहरु र महासमिति प्रतिनिधिहरु जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडा कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

Previous articleपत्रकारलाई दुव्र्यवहार गर्ने सुरक्षागार्डलाई कारवाही गर्न महासंघ प्रदेशको माग
Next articleसातौं प्रादेशिक महोत्सवको तयारी पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here