कांग्रेस बाँके बैठकः बैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण सक्न सर्कुलर

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा आज (विहिबार) बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विधानतः सबै तहले गर्नुपर्ने बार्षिक सम्मेलन (वडादेखि क्षेत्र) बैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लामा कार्यक्रमहरु गरिँदा संस्थापक नेताहरुको फोटो मात्र राख्ने गरिएकोमा अबदेखि संविधान पिता सुशिल कोइरालाको पनि फोटो राख्ने निर्णय गरेको कार्यबहाक सभापति अधिकारीले बताउनुभयो ।

पार्टीका पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्विकृत गर्ने निर्णय गरिएको छ । तर, हमालले पार्टीभित्र उठाएको सनातन हिन्दु राष्ट्रको मागलाई जिल्लाको बार्षिक सम्मेलनमा प्रस्तावका रुपमा लैजाने निर्णय पनि बैठकले गरेको कार्यबाहक सभापति अधिकारीले जानकारी दिनुभयो ।

Previous articleबालविवाह अन्त्यका लागि लुम्बिनीको दश वर्षे रणनीतिबारे नेपालगञ्जमा कार्यशाला
Next articleनेपालगञ्जमा ‘दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्र’ सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here