मानव तस्करी गर्ने पक्राउ, कोहलपुरकी २२ वर्षीया युवतीको उद्धार

बाँके । २२ वर्षीया एक नेपाली युवतीलाई भारत लैजाने मानव तस्कर प्रहरीको फन्दामा परेका छन् । नेपालबाट ती युवतीलाई भारत लैजाने क्रममा भारतीय शसस्त्र सीमा बल रुपैडिहा चौकीको जाँच टोलीले युवतीसहित तस्कारलाई पक्राउ गरेको हो ।

भारतीय सीमा चौकी प्रभारी एल के गरवाका अनुसार भारत लैजान लागिएकी श्रृष्टि थापा मगर नाम गरेकी ती युवती कोहलपुर नगरपालिका वडा नं–८ महादेवपुरीको रहेको खुलेको छ । उनले आफुलाई जिल्ली लगेर बिहे गर्ने योजना रहेको सोधपुछका क्रममा बताएपछि मानव तस्करी खुलेको प्रहरीले जनाएको छ ।

तस्करले ललाई फकाई, प्रलोभनमा पारेर जिल्ली लैजान लागेका थिए । उनले युवतीलाई जिल्ला लगेर बिहे गर्ने आश्वसन दिएका थिए भने नाकामा प्रहरीले सोधेमा आफु श्रीमान–श्रीमती भएको भन्नु भनेर ती तस्करले भनेका थिए ।

भारतीय प्रहरीले नियन्त्रणमा लिएको ती युवतीलाई शान्ति पुर्नस्थापना केन्द्र पठाएको छ भने मानव तस्कर लेब बहादुर घर्तिलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ । सीमामा तैनाथ नेपाल प्रहरीले मानव बेचबिखनमा पर्न सक्नेलाई नाकामै नियन्त्रणमा लिने गरेको छ भने नेपालबाट जोगिएर भारत छिरेका मानव तस्कर (मानव बेचबिखन) कार्यमा सक्रियहरुलाई भारतीय प्रहरीले समेत पक्राउ गर्ने गरेको छ ।

शसस्त्र सीमा बल ४२ नम्बर बाहिनीले सीमा क्षेत्रमा मानव बेचबिखन कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्नका लागि नियमित गस्ती तथा चेकजाँच कार्यलाई जारी राखेको दावी गरेको छ ।

Previous articleपालिकास्तरीय मानव वेचविखनविरुद्ध समिति गठन
Next articleबाँकेमा पहिलो पालिकाका रुपमा बिद्यालय संचालन गर्ने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here