पानी माग्दै सडकमा प्रदर्शन

नेपालगञ्ज । चुरे तथा वन जंगल संरक्षणका लागि आह्वान गर्दै काठमाडौं पुगेको चुरे तथा वन जंगल संरक्षण अभियानको टोलीले शुक्रवार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ ।

२३ दिनसम्म पैदल हिँडेर सप्तरीदेखि काठमाडौं पुगेर २२ जनाले प्रदर्शन गरेका हुन् । चुरे तथा वन जंगल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले भारदहदेखि चितवन हुँदै काठमाडौंसम्म पैदलयात्रा गरेका थिए । जेठ १० मा काठमाडौं आइपुगेका उनीहरुले त्यसयता काठमाडौंमा पनि निरन्तर धर्ना र प्रदर्शन गर्दै आएका छन् ।

पानीका मुहान धमाधम सुक्न थालेका र खानेपानीको हाहाकार भएको भन्दै उनीहरुले त्यसतर्फ सरकार र सरोकारवालाको ध्यान खिचेका हुन् । ‘इनार, पोखरी, तलाव सबै सुक्न थाले । जीवन गाह्रो हुन लाग्यो,’ औषधि खाँदै पैदल हिडेर काठमाडौं पुगेका जनकपुरका ५८ वर्षीय नन्दा मुखियाले भन्नुभयो ।

पैदलयात्राको अभियन्ता सुनिल यादवले संयोजन गर्नुभएको छ । तराई क्षेत्रमा देखा परेको खानेपानी र सिँचाइका मूलहरूको समस्या चुरे क्षेत्रको बिनाशसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । चुरे जोगाउन अभियान चलाइरहेको छु,’ उहाँले भन्नुभयो टोलीले १२ बुँदे सुधारका योजनासहित धर्ना दिइरहेको छ ।

दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्न उनीहरूको माग छ । चुरे क्षेत्रका खोलाहरूमा हुने अवैध क्रसर धन्दा र गिट्टी बालुवा दोहन रोक्न ठोस् कदम चाल्नुपर्ने पनि उनीहरुको भनाइ छ । काठमाडौं पुगेको पैदलयात्राको टोलीमा २२ जनामध्ये १३ जना महिला छन् ।

Previous articleसुष्मा कोइरालाका BIT तथा BBA का बिद्यार्थी थप लावंभित हुने अवसर
Next articleखजुरामा सात दिने अचार बनाउने तालिम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here