सुष्मा कोइरालाका BIT तथा BBA का बिद्यार्थी थप लावंभित हुने अवसर

नेपालगन्ज । नेपालमा मेडिकल क्षेत्रमा होस या शिक्षा क्षेत्रमा सदैव अगाडी सुष्मा कोइराला मेमोरियल कलेज तथा अस्पताल अग्र पन्थीमा मानिन्छ ।

पछिल्लो समय मध्य तथा सुदूरपश्चिममा आफ्नो पहिचान सहित थप सेवा दिन नेपालगन्जमा सुष्मा कोइराला मेमोरिअल कलेजले नेपलगन्जमा BIT तथा BBA पढ्ने बिद्यार्थीहरुलाई ट्रेनिङ, स्रोत व्यवस्थापन र अनुसन्धान गर्ने उदेश्यले अब नयाँ तरिकाले कक्षाहरु संचालनमा ल्याउने भएको छ ।

विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, सङ्कायगत आदानप्रदान लगायतका क्षेत्रमा काम गर्नेगरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर गरि सुरुवातमा ल्याउन लागेको हो ।

विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभलपर प्रालि, ओम फर्मास्युटिकल्स एन्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौँ सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एन्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एसासिएट मुम्बईलगायतका संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

एन एमबी बैंकसँगको समझदारी अनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म आधारदरमा दुई प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलब्ध गराउने भएको विश्वविद्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी, अन्य कम्पनीसँगको सम्झौता अनुसार विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान तथा प्राज्ञिक अभ्यास र तालिम आदिमा सहयोग प्राप्त हुनेछ । सो सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा.डा.पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौतापछि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलति प्रा.डा.विजुकुमार थपलियाले सम्झौताले विश्वविद्यालय तथा सम्बद्ध कम्पनी दुवै पक्षको हित हुने विश्वास व्यक्त गर्नुभयो । यस सम्झौताबाट विश्वविद्यालयको प्राज्ञिक एवम अनुसन्धानका क्षेत्रमा सहायता पुग्ने भन्दै यसबाट आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।

यस सम्झौताबाट नेपालगन्ज बाँकेमा सुष्मा कोइराला मेमोरिअल कलेजका BIT तथा BBA पढ्ने बिद्यार्थीहरु थप लावंभित हुने अवसर प्राप्त हुने कलेज प्रमुख रंजन ढुंगानाले जानकारी दिनुभयो ।

Previous articleडुडुवामा चार दिन शैक्षिक बिदा
Next articleपानी माग्दै सडकमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here