खजुरामा सात दिने अचार बनाउने तालिम संचालन

खजुरा । महिलाहरुले जानेको सिपलाई व्यवसायीक रुपमा प्रयोगका निम्ति बाँकेको खजुरा गाउँपालिकामा सात दिने अचार बनाउने तालिम संचालन गरिएको छ । खजुरा गाउँपालिका वडा नं-३ को आर्थिक सहयोगमा नेपाल घरेुल तथा साना उद्योग महासंघ समिति खजुराले सो तालिम संचालन गरेको हो ।

तालिमलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक र वडा नं-३ का वडाअध्यक्ष पूर्ण बहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो क्रममा पालिका अध्यक्ष बिकले तालिम आफैमा बिशेष दक्षता रहेको भन्दै यसले घरमै बसि तपाईको आफ्नो सिपलाई प्रयोग गरेर आर्थिक कारोबार गर्न सकिने बताउनुभयो ।

“अचार बनाउन सम्भवत सबैलाई आउँछ, घरमा सबैले कुनै न कुनै प्रकारको आचार पनि बनाइ नै राख्नुभएको हुन्छ ।” अध्यक्ष बिकले भन्नुभयो, “त्यसकारण यो तालिम भनेको नितान्त तपाईले गर्दै आएको कामलाई अझ राम्रोसँग गर्न सकिने कुरा सिक्न पाउने अवसर हो । यसले तपाईहरुलाई व्यवसायीक रुपमा बढ्न मद्दत गर्छ ।”

वडाअध्यक्ष भण्डारीले महिला दिदीबहिनीहरुलाई स्वरोगार बन्न यसले सहयोग प¥याउने बताउनुभयो । उहाँले वडा कार्यालयको मुख्य चाहना भनेको तपाईहरुले यो तालिम लिईसकेपछि घरमै अचार बनाएर बेच्न शुरु गर्न सक्ने बनाउनु रहेको बताउनुभयो ।

महासंघ खजुराका अध्यक्ष सुर्य प्रसाद नेपालीको अध्यक्षतामा भएको तालिमको उद्घाटन शत्रमा वडा नं-३ का वडा सदस्य देउमाया थापा, सुमित्रा बि.क., मित्र बहादुर थापा, इन्द्र बहादुर राना, वडा सचिव यूवराज आचार्य, स्थानीय समाजसेवी जिबनाथ सापकोटा, रामचरण बि.सि.को उपस्थिति रहेको थियो ।

महासंघ खजुराका सचिव विकास हरि कोइरालाका अनुसार स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको छ । “दिदीबहिनीहरुले अचार बनाउन जानेका हुन्छन्,” सचिव कोइरालाले भन्नुभयो, “हामीले उहाँहरुले जानेको पहिल्यैदेखिको सिप परिस्कृत गर्ने र व्यवसायीक रुपमा अगाडी बढ्न सहज बनाउने हाम्रो मुख्य उद्देश्य हो ।”

मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको भन्ने नाराका साथ युवा स्वरोजगार कार्यक्रम अन्तर्गत जेष्ठ ३१ गतेदेखि संचालन भएको सो तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा आँप, मिक्स, लसुन अदुवा, मासुको अचार, मिक्स जाम र सस बनाउन सिकाइनेछ ।

Previous articleपानी माग्दै सडकमा प्रदर्शन
Next articleजुम्बा आकर्षण : नेपालगञ्जमा पहिलो पटक जुम्बा स्टुडियो संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here