लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध

नेपालगञ्ज । लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिवार कोहलपुरस्थित होटल सेंट्रल प्लाजामा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४-२०२५ का लागि कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो ।

सन २०१५ बाट निरन्तर लियो क्लबमा लागेर सामाजिक काममा सक्रिय कुँवर गतबर्ष लियो क्लबको जिल्ला कोषाध्यक्ष हुनुभएको थियाे । नेपालगञ्ज वडा नं-१ धम्बोजी निवासी कुँवर सामाजिक कार्य गर्नु हुटहटीका साथ विभिन्न क्लब र संस्थामा क्रियाशिल हुनुहुन्छ ।

निर्वाचित भएसँगै उपाध्यक्ष कुवँरले लियो ३२५ एन नेपाललाई सामाजिक र रचनात्मक कार्ययोजनासहित प्रभावकारीरूपमा अगाडी बढाउने प्रतिबद्दता जनाउनुभएकाे छ ।

लियाे अध्यक्ष रमा मदन गिरी चयन हुनुभएको छ । आज भएकाे कार्यक्रमबाट अध्यक्ष र उपाध्यक्ष चयन गरिएको हाे भने कार्यसमितिका पदाधिकारी केही दिनमा चयन गरिने जनाईएकाे छ ।

Previous articleपेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो
Next articleरोजगारी प्रवर्द्धन गर्न नेपालगञ्जमा मेयरसंग रोजगारदाता कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here