
पवन जायसवाल, नेपालगञ्ज । अन्र्तराष्ट्रिय युवा दिवसको (१० अगस्त २०२४) अवसरमा नेपालगञ्जमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि एक दिने कार्यशाला गोष्ठी गरिएको छ ।
नेपालगञ्जस्थित एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगञ्जको सो गोष्ठी शनिवार गरिएको हो ।
लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगञ्जको प्राङ्गणमा आयोजित गोष्ठीमा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेग बहादुर भण्डारीले “डिजिटल पाठवेज फर सस्टिनिएबल” प्रस्तुतीकरण गर्नुभएको थियो ।
एस.ओ.एसका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले “यूथ लिडरशिप डेभलपमेन्ट” बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
एस.ओ.एस.का सहायक निर्देशक मीना तुलाधरको अध्यक्षतामा भएको गोष्ठीमा ओपनिङ्ग रिर्माक्समा लुम्बिनी प्राविधिक विश्व बिद्यालयका कुल सचिव भण्डारीले युवाहरुको परिभाषा, भूमिका र भविष्यको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस वर्षको अन्र्तराष्ट्रिय युवा दिवसको नारा “यूथ डिजिटल पाठवेज फर सस्टिनिएबल डेभलपमेन्ट” रहेको छ र यसलाई राष्ट्रिय युवा परिषदले “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवाहरुको पहँुच अभिबृद्धि” भनेर नेपालीमा नामाकरण गरिएको छ ।
यस वर्षको युवा दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ । कार्यक्रममा एस.ओ.एस.का सहायक निर्देशक तुलाधरले लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव भण्डारीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका उप–प्राध्यापक चतुर्भुज भट्ट, उप–प्राध्यापक प्रतिक चन्द, सहायक प्राध्यापक ई. सजिव रेग्मी, अनुसन्धान सहायक ई. नरेन्द्र बहादुर शाही, सहायक प्राध्यापक नमन वर्मा, सिनियर काउन्सेलर लक्ष्मण खनाललगायतको सहभागीहरु सहभागिता रहेको थियो ।





