विद्युत वितरण केन्द्र नेपालगञ्जका १ सय ३२ जनाले गरे रक्तदान

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले आयोजना गरेको कार्यक्रममा १३२ जनाले रक्तदान गरेका छन् ।

वितरण केन्द्र नेपालगञ्जको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले रक्तदान गरेका हुन् ।

“स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता : संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा कर्मचारी संघ नेपालगञ्ज इकाई समितिले सो कार्यक्रम गरेको हो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगञ्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुर इकाई समिति र प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जलाई सम्मानपत्र गरिएको थियो ।

Previous articleबाँकेमा दुई समूहबीच झडप, दुई गम्भीर घाइते, चार जना पक्राउ
Next articleमन्त्री कुर्मीलाई काँग्रेस बैजनाथद्वारा सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here