मन्त्री कुर्मीलाई काँग्रेस बैजनाथद्वारा सम्मान

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई नेपाली काँग्रेस बैजनाथ गाउँपालिका बाँकेले सम्मान गरेको छ ।

काँग्रेस बैजनाथ गाउँपालिकाले आइतबार एक कार्यक्रम गर्दै लुम्बिनी प्रदेश सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री कुर्मीलाई सम्मान गरेको हो ।

काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरको बिशेष उपस्थितिमा भएको सो कार्यक्रममा महासमिति सदस्य, जिल्ला उपसभापति, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला राकायालगायतको उपस्थितिमा सम्मान गरिएको थियो ।

काँग्रेस बैजनाथ अध्यक्ष देवबहादुर केसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रम सचिव कृष्ण कुवँरले संचालन गर्नुभएको थियो ।

Previous articleविद्युत वितरण केन्द्र नेपालगञ्जका १ सय ३२ जनाले गरे रक्तदान
Next articleथाकसको आगामी योजनाहरु सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here