पाकिस्तानमा भिडन्त : ६ सैनिक र १२ आतंककारी मारिए

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी र सुरक्षा बलहरू बीच छुट्टाछुट्टै भिडन्त भएको छ ।

आतंकवादी र सुरक्षा बलहरू बीच छुट्टाछुट्टै भिडन्त ६ सैनिक र १२ आतंककारी मारिएका छन् ।

आतंककारीहरूले प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा सुरक्षा बलको चेक पोस्टमा हमला गरेका थिए ।

गोलाबारीमा ६ जना सेनाको पनि मृत्यु भएको आईएसपीआरले जनाएको छ ।

मारिएका लडाकुहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Previous articleछात्रा श्रीस मगरले जितिन गण्डकी स्टार सीजन-५ को उपाधी
Next articleमेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here