मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रसाईलाई आइतबार दिउँसो भक्तपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

प्रसाईविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो ।

गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

असोज २ गते प्रसाईविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

Previous articleपाकिस्तानमा भिडन्त : ६ सैनिक र १२ आतंककारी मारिए
Next articleत्रिविले २०५८ यताकालाई मौका परीक्षाको अवसर दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here