पोखरा । गण्डकी स्टार सिजन-५ को उपाधी विद्यार्थी श्रेया श्रीस मगरले जित्नुभएको छ ।
पोखरामा शनिबार सम्पन्न ग्राण्ड फिनामार्फत डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूल लेखनाथ तालचोकमा अध्ययनरत विद्यार्थी मगरले गण्डकी स्टार सिजन-५ को उपाधाी जित्न सफल हुनुभएको हो ।
प्रतियोगितामा गायनतर्फ कुश गरुङ्गले उपाधि जित्न सफल हुनुभएको छ । गायनमा झलक गुरुङ्ग फर्स्ट रनरअप, ईञ्जिनियर अनिल ढुङ्गाना सेकेण्ड रनरअप, दीपक सुनार थर्ड रनरअप र अमृता तामाङ्ग फोर्थ रनरअप हुन सफल हुनुभएको हो ।
त्यसैगरी नृत्य क्षेत्रमा फर्स्ट इलीस्पा गौतम रनरअप, स्वस्तिका तामाङ्ग सेकेण्ड रनरअप, स्विकृती गुरुङ्ग थर्ड रनरअप र शकुन्तला अधिकारी फोर्थ रनरअप बन्न सफल हुनुभयो । सबैलाई विभिन्न गीत सङ्गीतमा अवसरसँगै उपहार प्रदान गरिएको छ ।
प्रतियोगितामा नृत्यतर्फ ईस्वर बल्लभ उप्रेती, पूजा ठाकुर र माया गुरुङ तथा गायनतर्फ करन तामाङ्ग, दिल कुमारी खाँड, आरजु बिष्ट सल्यानी र सोना अमात्यले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
साथै सो ग्राण्ड फिनालेमा सीजन कै उत्कृष्ट कोरियोग्राफर सम्मान् समृद्धि पाण्डेलाई गरिएको छ भने उत्कृष्ट अविभावक सम्मान लक्ष्मी शर्मालाई प्रदान गरिएको छ ।
नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजनामा भएको कार्यक्रम समीर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा एसएसपी धुर्वराज राउतकोले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
विगत लामो समयदेखि निरन्तर रुपमा कार्यक्रम गरि ख्याती कमाउन सफल प्रालिलाई इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सले सहयोग गरेको थियो ।