नरैनापुरमा पहिलो पटक सरकारी टोलीद्वारा बजार अनुगमन

नरैनापुर । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुईयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनुभयो ।

गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनुभयो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्री स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ´सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने, दोस्रो पटक पनि गल्ती पाइए जरिवाना गरिनेछ । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो ।

नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरिद बिक्री केन्द्रसहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनुभयो  ।

अनुगमन टाेलीमा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी, हरी पाण्डे, रियाज खान र प्रहरी नायब निरीक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने
Next articleसरस्वती माविकाे २४ औं वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षक, विद्यार्थी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here