थाइल्याण्डमा स्कुल बसमा आगलागी : २२ बालबालिका र तीन शिक्षकको मृत्यु

एजेन्सी । थाइल्याण्डमा एउटा स्कुल बसमा आगलागी हुँदा कम्तीमा २२ बालबालिका र तीन शिक्षकको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ४४ जना सवार रहेको र १९ जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ ।

बसमा के कारणले आगलागी भयो भनेर खुल्न सकेको छैन । बसमा १६ विद्यार्थी र ३ शिक्षकहरु भाग्न सफल भएको तर २२ विद्यार्थी र ३ शिक्षकको जलेर मृत्यु भएको बताइएको छ ।

यद्यपि, बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । रोयटर्सका अनुसार दुर्घटना दिउँसो करिब १२ः३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो । बस स्कुलबाट फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार रहेको जनाइएको छ । उद्धारकर्मीहरूले बसको जाँच गरी आगलागीको कारण पत्ता लगाउन प्रयास गरिरहेका छन् ।

गुड्दै गर्दा दुर्घटनामा परी ज्यान गुमाएका बालबालिकाका परिवारजनमा थाइल्याण्डका प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले समवेदना व्यक्त गर्नुभएको छ । उहाँले यातायात मन्त्रीलाई घटनास्थलमा गएर अवस्थाबारे जानकारी लिन निर्देशन दिनुभएको छ ।

Previous articleसन्तोषजनक काम नगरेका दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा
Next articleविपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता, १५८ घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here