बलात्कार आरोपमा एक जना युवक पक्राउ

दाङ । दाङमा बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

गढवा गाउँपालिका वडा नं–२ का २५ बर्षीय अनिल विश्वकर्मा पक्राउ परेका छन् । उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

काम छ भनेर किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने भएको छ ।

घटनाबारे थप अनुसन्धान भइ रहेको रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

Previous articleकाेहलपुरमा उपभोक्तामाथि खेलवाड गर्नेबाट जरिवाना असुल
Next articleठुलो परिमाणको लागूऔषध ब्राउनसुगरसहित नेपालगञ्जबाट दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here