काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं-७ मा रहेका विभिन्न व्यवसायिक फर्मलाई जरिवाना तिराइएकाे छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त टोलील उपभोक्तामाथि खेलवाड गरेको भन्दै मंगलबार काेलपुरकाे डल्फिन फुड प्रोड्रक्सनलाई ५० हजार, वाण्डरल्याण्ड एण्ड रेष्टुरेण्टलाई २० हजार र बिनोद किराना पसललाई १० हजार गरी ८० हजार जरिवाना तिराएकाे हो ।
अनुगमन टोलीले डल्फिन फुड प्रोेड्रक्सनमा उत्पादन मिति नभएको, मुल्य सूची नभएको र अन्य कुनै पनि लेबल नभएको प्रोड्रक्ट्रहरु भेटाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिम कसुर गरेको भएकोले ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोृजिम उनलाई ५० हजार कारवाही गरेको वाणिज्य कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिनुभयाे ।
अनुगमनमा वाणिज्य कार्यालयकाका डम्बर बहादुर बुढा, गुण नियन्त्रण कार्यालयका एकराज बुढाथोकी, प्रतिक्षा पंडित, कोहलपुर नगरपालिकाका अग्नी प्रसाद आचार्य लगायतकाे सहभागिता रहेकाे थियाे ।