ठुलो परिमाणको लागूऔषध ब्राउनसुगरसहित नेपालगञ्जबाट दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२० स्थित राँझाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले नेपालगञ्ज २० स्थित लाल चन्द्र कामीको डेरा कोठाबाट ब्राउनसुगरसहित भारतको रुपैडिहाका राहुल शुक्ला र लाल चन्द्रलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर तथा नेपालगञ्ज र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

शुक्लाको पाईन्टको दायाँ खल्तीबाट दुई पोका (९९ ग्राम) र तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान बरामद भएको छ ।

उनीहरुबारे थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Previous articleबलात्कार आरोपमा एक जना युवक पक्राउ
Next articleबडादशैं आजबाट सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here