कण्डम दिवसमा नेपालगञ्जमा सचेतनामूलक कार्यक्रम

नेपालगञ्ज । कण्डम दिवसको अवसरमा नेपालगञ्जमा सचेतनामूलक कार्यक्रम गरिएको छ । आज शनिबार परेको ३० औं राष्ट्रिय कण्डम दिवसको अवसरमा नेपालगञ्जको त्रिभुवन चोक नजिकै सचेतनामूलक कार्यक्रम गरिएको हो ।

उद्योग वाणिज्य संघको कार्यालय अगाडी एउटा स्टल राखेर कण्डमको प्रयोग, प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिकाको जानकारी प्रदान गरिएको छ भने निःशुल्क रुपमा कण्डम वितरण गरिएको थियो ।

‘कण्डमको सहि प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भ, सबैबाट सुरक्षां’ भन्ने यस वर्षको दिवसको राष्ट्रिय नारा रहेको छ । दिवसकै अवसरमा एचआइभी जाँच समेत गरिएको छ ।

बाँकेमा गएको वर्ष १० लाख ६ हजार ६ सय २९ वटा कण्डम वितरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र साहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनमा मात्र १७ हजार ३ सय २५ वटा कण्डम वितरण गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगञ्जका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, परिवार नियोजन संघकी कार्यालय प्रमुख रश्मी श्रेष्ठलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ् उपमहानगरपालिका स्वास्थ्य शाखा, भेरी अस्पताल, परिवार नियोजन संघसहित अन्य संघ संस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

Previous article२२० जनाको निःशुल्क आँखा जाँच, ४७ जनालाई मोतियाबिंद
Next articleभन्सार छलिको दुई बोरा लेडिज सुट बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here