नेपालगञ्ज । बाँकेको डुडुवा गाँउपालिका वडा नं-६ मा दुई सय २० जनाको आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा संचालन भएको निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरेर कुल दुई सय २० जना बिरामीको आँखा जाँच गरिएको हो ।
कात्तिक १ र २ गते हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतियाबिंदको समस्या देखिएको कार्यक्रम संयोजक बृज्रेश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार यो संख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन ।
शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाबिंदको समस्या देखिएको छ । सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए ।
कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा १४ गते सम्म कार्यक्रम सञ्चालन हुनेछ ।
आँखाको समस्या भएकालाई सम्बन्धित औषधधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले बताउनुभयो ।
उहाँले आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशतसम्मको छुट सेवा उपलब्ध गराउने गरि सहकार्य भएको बताउनुभयो ।
यस्तै, कात्र्तिक ४ गते अस्थाई स्वास्थ्य केन्द्र दलैपुर र कात्र्तिक ५ गते डुडुवा-५ कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने तयारी छ । शिविर बिहान साढे १० बजे देखि ३ बजेसम्म भईरहेको छ ।