डुडुवा । बाँकेको डुडुवा गाँउपालिका वडा नं-५ स्थित कम्दीमा संचालित शिविरमार्फत एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा कार्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमार्फत एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।
३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार २९ जनामा मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला छन् ।
किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठकका अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराइएको महासचिव पाठकले बताउनुभयो ।
यस्तै जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चस्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशतसम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले बताउनुभयो ।
यस्तै, कात्तिक ६ र ७ गते डुडुवा गाँउपालिका वडा नं-४ स्थित स्वास्थ्य केन्द्र र कार्तिक ८ र ९ गते डुडुवा गाँउपालिका वडा नं-३ बन्कट्टी स्वास्थ्य चौकीमा बिहान साढे १० बजे देखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।