सात दिने प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा संचालित सात दिने प्राथमिक शिक्षा वर्ग २०८१ सोमबार सकिएको छ । एक औपचारिक कार्यक्रममार्फत सो तालिमको समापन गरिएको हो ।

समापन समारोहमा बालरोग बिशेषज्ञ डा.रोमा बोरा, मुख्य वक्ता भुपेन्द्र प्रसाद अधिकारी, विश्व हिन्दू भेरी विभाग संघ संचालक राम कुमार दिक्षित, संघ संचालक कृष्णा देवी पाण्डेय, नेपालगञ्जमा संचालित आमाको माया छात्रावासका अध्यक्ष आशिष अग्रवाल, हिन्दू स्वयंसेवक संघ, राष्टिय शारीरिक प्रमुख कर्णाली सम्बाख प्रचारक बिकुल दहाल लगायतको उपस्थिति रहेको थियो ।

समापनमा बोल्दै डा.बोराले किशोरीहरुलाई दिइएको यसखाले तालिमले आत्मरक्षा तथा स्वास्थ बनाउने भूमिकाका साथै क्षमता विकासमा सहयोग पुग्ने बताउनुभएको थियो । शारीरिक विकासका लागि यस्ता तालिमहरु धेरै प्रभावकारी हुने डा.बोराको भनाई थियो ।

सो क्रममा वर्ग शिक्षा सरस्वती लामिछाने, निरा वाग्ले, प्रबन्धिका अरपिता पाण्डेय, जनजाती कल्याण आश्रमका सचिव अनिल शर्मा लगायतको उपस्थिति रहेको समापन कार्यक्रमलाई दिपिका थापाले सहजीकरण गर्नुभएको थियो ।

मातृत्व, कर्तृत्व र नेतृत्वको नाराका साथ राष्ट्र सेविका नेपालको आयोजनामा संचालन भएको सो तालिम संस्थाकी अध्यक्ष सुभद्रा पौडेलको सभाअध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्राथमिक शिक्षा वर्ग अन्तर्गत तालिममा किशोरीहरु सहभागि भएका थिए । समापनमा किशोरीहरुले सिकेका कला प्रस्तुत गरेका थिए । असोज २९ गतेदेखि सो तालिम नेपालगञ्जमा संचालन गरिएको थियो ।

Previous articleकम्दीका २९ जनामा मोतियाबिन्द समस्या
Next articleतारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here