बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज विषयक शिक्षकलाई अभिमुखिकरण

बर्दिया । बर्दियाको समग्र शैक्षिक स्तरलाई थप गुणस्तरीय बनाई विद्यालयलाई कसरी सुरक्षित र भरपर्दो बनाउने सकिन्छ भन्ने विषयमा बर्दियाका प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखिकरण गराइएको छ ।

विभिन्न विपद्ले समेत शैक्षिक स्तरलाई कमजोर बनाउने भएको हुँदा बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज नै तयार गर्ने गरि दुई दिनसम्म विभिन्न पालिकाका शिक्षकहरुलाई विशेष जानकारी गराइएको हो ।

बृहत विद्यालय सुरक्षा फ्रेमवर्क, विद्यालय सुरक्षा न्युनतम प्याकेज, न्युनतम प्याकेज कार्यान्वयन कार्यविधिं र स्थानीय तह तथा विद्यालयको योजनामा सहयोग पु¥याउन सक्षम बनाउँने गरि शिक्षक तथा प्रधानाध्यापकहरुलाई अभिमुखिकरण गराइएको छ ।

आइतबारदेखि शुरु भएको उक्त अभिमुखिकरण कार्यशाला सोमबार समापन भएको छ । भेरी वातावरणिय विशिष्टता समुह (वि-ग्रुप) को अयोजना, प्लान इन्टरनेशनल नेपालको सहयोग र शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा कार्यक्रम गरिएको (विग्रुप) का कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ बर्दिया प्रमुख सुर्य खत्रीले विद्यालयहरुको शैक्षिकस्तर संग-संगै संरचनागत सुधारको आवश्यकता रहेको बताउनुभयो ।

तालिमका सहजकर्ता एवं पुर्व योजना आयोगका सदस्य शिक्षाबिद जित बहादुर शाहले सिकेका कुराहररु विद्यालयमा लागु गर्न सुझाव दिनुभयो ।

विद्यालयले निर्वाह गर्नुपर्ने न्युनतम भुमिका, विपद पहिले नै अपनाउनु पर्ने सावधानी, विद्यार्थी र शिक्षकबिचको शैक्षिक सम्बन्ध लगायत थुप्रै विषयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुलाई अभिमुखिकरण गराइएको छ ।

बालविवाह न्युनिकरण परियोजना अन्तर्गत संचालित कार्यक्रममा बोल्दै परियोजना प्रबन्धक भानु लिम्बुले विभिन्न विपद्ले देशका थुप्रै विद्यालयहरुलाई नोक्सान गराएको बताउनुभयो ।

२०७२ सालका भुकम्पले धेरै विद्यालयहरुमा अध्ययन अध्यापन गराउने गाह्रो भएकोले उक्त घटनाले पाठ सिक्दै बृहत विद्यालय सुरक्षा न्युनतम प्याकेज विषयक शिक्षकलाई अभिमुखिकरण गराएको प्रष्ट पार्नुभयो ।

खास गरि विपद्का अवस्थामा हाम्रा विद्यालय कतिको सुरक्षित छन ? विपद् आइहाले कसरी सुरक्षित हुने ? विद्यार्थीहरुलाई कसरी सुरक्षित राख्ने लगायत विषयमा शिक्षक एवं प्रधानाध्यापक जागरुक हुने उद्धेश्यल अभिमुखिकरण गराएका उहाँले जानकारी दिनुभयो ।

सो क्रममा प्लान ईन्टरनेशनल नेपालका वालबिवाह न्युनिकरण परियोजना प्रबन्धक मानबिर विश्वकर्माले प्लान नेपालले नेपालको २ वटा जिल्ला बर्दिया र धनुषामा बालबिवाह न्यूनीकरण गर्न परियोजनाले कार्य गरि रहेको जानकारी गराउनु भएको थियो ।

वालबिवाह न्युनिकरण गर्नुको साथसाथै बिधालयहरुको शिक्षाको स्तरलाई गुणस्तरीय बनाउन परियोजनाले काम गरिरहेको विश्वकर्माले बताउनुभयो ।

अभिमुखीकरणमा मधुवन नगरपालिका, गेरुवा गााउपालिका, ठाकुरबाबा, र बारबार्दिया नगरपालिकाका विधालयमा अध्यापन गराइरहेका २० जना प्राधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Previous articleराप्ती सोनारीमा खेल शिक्षकहरुका लागि प्रशिक्षण तालिम
Next articleकम्दीका २९ जनामा मोतियाबिन्द समस्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here