नेपाल सम्वत् ११४५ काे अवसरमा बाँकेमा विविध कार्यक्रम गरिने

बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत् धुमधामका साथ मनाईने भएको छ ।

नयाँ वर्ष नेपाल सम्वत ११४५ को अवमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदान प्रदान तथा र्‍याली आयोजना गरिने भएको हाे ।

न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना कार्यक्रम तथा भब्य र्‍याली आयोजना गरिने नेवाः पुचः बाँकेका सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराउनुभयाे ।

नेपालगञ्जस्थित गणेशमान चोकबाट र्‍याली शुरु भएर भिमसेन देव मन्दिर राँझा पुगेर समापन गरिने सचिव श्रेष्ठले बताउनुभयाे ।

गणेशमान चोकमा कात्तिक १७ गते बिहान ८ बजे भेला भएर ट्राफिक चोक हुदैँ पुनः बिधुत रोड हुदैँ भेरी अस्पताल देखि त्रिभुवन चोक हुदैँ गगनगञ्ज, त्रिबेणी मोड, घरबारी टोलको स्टार लजदेखि न्युरोड हुदैँ सेतु बिक चौक, धम्बोझी चोकबाट कारकादो हुँदै राँझा भिमसेन गुठीमा र्‍याली समापन हुने गरी रुट निर्धारण गरिएको आयोजक नेवाः पुचः बाँकेले जनाएको छ ।

र्‍यालीमा सम्पूर्ण बाँकेवासीलाई सहभागी भएर भब्यताका साथ नेपाल सम्वत् ११४५ मनाउन र शुभकामना अदान प्रदान गर्न अनुरोध गरिएको छ । नेपाली पात्रो अनुसार यस वर्ष कात्तिक १७ गते नेपाल सम्वत् ११४५ परेको छ ।

नेपाल सम्वत् काठमाण्डौँ उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाउदै आईरहेको यो नेपालको मौलिक सम्वत् हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणबाट मुक्त बनाएर चलाएको सम्वत् नेपाल सम्वतकाे रूपमा रहेकाे छ ।

कार्तिक शुक्ल पक्षका दिन नेपाल सम्वतको पहिलो दिन हो । यो सम्वत् भक्तपुरका राजा राधव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी चलनमा रहेको थियो । नेपाल सरकारले यो सम्वतलाई आधिकारिक मान्यता दिएको छ । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ ।

पछिल्लो सयममा अन्य समुदायले पनि मनाउन लागेपछि यसको महत्व बढेको सचिव श्रेष्ठले जानकारी दिनुभयाे । उहाँले नेपाल सम्वतको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सबैलाई उपस्थित भई भब्य रुपमा सम्पन्न गराउन अनुरोध गर्नुभयाे ।

Previous articleराप्ती सोनारीमा खेल शिक्षकहरुका लागि संचालित प्रशिक्षण सम्पन्न
Next articleनेपालगञ्ज महोत्सवमा होटल व्यवसाय संघ सक्रिय सहभागी हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here