स्वार्थ पूरा भैसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ: सभापति पुन

कोहलपुर । नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले ट्रेड युनियनबाटै नेता भएकाहरुले अहिले ट्रेड युनियनलाई बिर्सिएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले कोहलपुरमा आयोजना गरेको जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नेतृत्वमा पुग्ने र आफ्नो स्वार्थ पूरा भैसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ । यो राम्रो होईन ।’

उहाँले नीतिनिर्माण र कार्यान्वयन तहमा भएकाहरुले श्रमिक ऐनलाई कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । नेपाली काँग्रेसले थुप्रै राम्रा काम गरेको उल्लेख गर्नुभयोे । तर आम नागरिकलाई बुझाउन भने नसकेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा काँग्रेसले उल्लेखनीय काम गरेपनि प्रचार हुन नसकेको बताउनुभयो । सामाजिक सुरक्षा ऐन काँग्रेसकै पालामा भएको पनि बताउनुभयो । पूर्वाधार विकासदेखि जनजिबिकाका सवालामा काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले काँग्रेसले प्राप्त गरेको सफलता मजदुर आन्दोलनकै बलमा भएको बताउनुभयो । उहाँले अहिलेपनि मजदुरहरुले नेपाल सरकारले तोकेको ज्याला पाउन नसकेको भन्दै अब काँग्रेसले समान ज्याला दिलाउनका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।

उहाँले मजदुरहरुको समस्या सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भुमिका खेल्ने बताउनुभयो । उहाँले आफू मजदुरहरुकै साथमा रहेको पनि बिश्वास दिलाउनुभयो ।

यस्तै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष गणेश केसीले मुलुक संघीय संरचनामा गएसंगै ट्रेड युनियनले उठाउंदै आएको सौदाबाजी र संवाद मुद्दा रोकिएको बताउनुभयो । उहाँले नीति निर्माण तहमा अहिले यो बिषयमा छलफल नै हुन नसकेको समेत उल्लेख गर्नुभयो ।

अहिले ट्रेड युनियन अधिकार प्राप्तीको बाटो सहज नभएको उहाँको भनाइ छ । राजनीतिक अवस्थानै असहज तरिकाले गुज्रिरहेकाले स्वाभाविक रुपमा ट्रेड युनियन अधिकार प्राप्तीको बाटो पनि सहज नहुने उहाँले बताउनुभयो । उहाँले आवद्वता भएका संघसंगठनले बिधान अनुसार आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन सुझाव पनि दिनुभयो ।

यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य रामबहादुर मल्लले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

उहाँले विधि र बिधानमा टेकेर नेपाल ट्रेड युनियनलाई चलाउन सकियो भने श्रमिक मुद्दालाई स्थापित गर्न सकिने बताउनुभयो । यस्तै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य देबेन्द्र केसीले बिगतकै समस्या अहिले पनि ट्रेड युनियनको मुद्दा बन्नु बिडम्बना भएको बताउनुभयो ।

मुलुकमा तीन तहको सरकार बनेर कार्यान्वयनमा आइसक्दा समेत श्रमिकका समस्या सम्बोधन गर्नतर्फ स्थानीय सरकारले समेत प्रभावकरी भुमिका निर्वाह नगरेको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले काँग्रेसलाई बलियो बनाउन ट्रेड युनियनकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले ट्रेड युनियन मुद्दालाई काँग्रेसले न्यायोचित रुपमा सम्बोधन गरिनु पर्ने बताउनुभयो ।

उहाँले औपचारिक भन्दा पनि अनौपचारिक सेवा क्षेत्रमा कम गर्ने श्रमिकका सवालमा ट्रेड युनियन काँग्रेसले एजेन्डा बनाएर काम गर्नु पर्ने बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले अझै धेरै ठाउँमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम ऐन प्रभावकारी लागू नभएका अबस्थामा कोहलपुर नगरपालिकाले भने त्यसको कार्यान्वयनका लागि पहल सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पवन यादव,नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष लक्ष्मी पौडेल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैशी, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका सचीव हिम केसी, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्मा लगायतले बोल्नुभएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजेन्द्र बिकको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष नरेश श्रेष्ठले आर्थिक तथा सचिव शिवध्वज शाहीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Previous articleसुर्खेतमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, २४ बढी घाइते
Next articleकलाकारको पैसा कमाउने अर्को भाँडो ‘टिकटक लाईभ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here