कलाकारको पैसा कमाउने अर्को भाँडो ‘टिकटक लाईभ’

बाँके । सामाजिक सञ्जाल मध्य सर्वाधिक प्रयोगमा आउने टिकटकमाथि लगाइएको प्रतिबन्ध सरकारद्वारा हटाइएपछि पुन प्रयोगमा आएको छ ।

प्रतिबन्ध हटाइएपछि नेपालीको अधिकांस समय टिकटकमै बित्ने गरेको पाइन्छ । कोही लाइभ बसेर समय बिताउँछन् भने कोही विभिन्न भिडियोमा नाच्दै गाउँदै गरेका छन् ।

यहीबीच नेपालका चर्चित भनिने कलाकारलाई पनि टिकटकको भुत चडेको देखिन्छ । इज्जत हुने पनि लाइभमा मुख खोलेरै गिफ्ट मागेको हुन्छन् त, कोही कानले सुन्न नसक्ने गाली गरिरहेका हुन्छन् ? के नेपालका चर्चित सेलिब्रेटीको ट्याग भिरेका नामुक कलाकारले टिकटक लाईभमा गिफ्ट माग्ने, मुख छाडेर बोल्ने हर्कत उचित होला त ? उनीहरूले आफूलाई यस्तो उस्तो गिफ्ट देऊ भनी भिक मागे झै मागेको सुहाउँछ त ?

साना-ठूला पर्दाबीच देखिँदै आएका अनुहार मध्यका हुन् धतुरे अर्थात् सीपी पुडासैनी र खुपीका बाउ अर्थात् कमलमणि नेपाल । उनीहरू बेलाको बेला टिकटक लाइभमा देखिन्छन् ।

टिकटकमा करिब कमलमणि नेपालको २ लाख ७९ हजार र पुडासैनीको ३ लाख ४ हजार २ सयको मात्रामा फलोवर्स छन् । उनीहरूको लाइभमा हजारौंको फलोवर्स हुन्छन् । उनीहरू आफ्नो भ्यूअर्ससंग अनुरोध गर्दै बस्छन् ‘मलाई रोज फ्याक्नु, मलाई जिताउन पर्यो यस्तै मलाई चस्मा, टोपी लगाइदिनुस् ‘ ।

त्यस्तै, अर्का उदाहरण हुन कलाकार जय किशन बस्नेत । उनी प्राय रातिपख टिकटक लाईभमा देखिन्छन् । उनी आफ्नो भ्यूअर्ससंग घण्टौं समय लाइभमै बिताउँछन् । कहिले काही त उनको रक्सीको मातसँग लाईभ देख्ने गरिन्छ । कहिले होस्मै हुन्छन् त कहिले आफ्नो भ्यूअर्सको सामु मुखमा आएको गाली ग्लोज गर्दै बसेका हुन्छन् ।

उनले लाईभमा-‘प्लिज मलाई चस्मा लगाइदिनुस्’, भन्दै कराउँछन् । घण्टौंसम्म लाइभ बस्ने उनी चस्मा, टोपी, विमान जस्ता क्वीइन उनका लागि आम्दानी हो ।

यी सबै एक प्रतिनिधि पात्रका रूपमा छन् । यिनीहरूका साथै, कलाकार तथा मोडल सुष्मा कार्की, हास्य टेलिसिरियल ‘सक्किगोनी’ का चर्चित पात्र ‘काकु’ अर्थात् दीपक आचार्य जस्ता अरु कलाकारलाई पनि सधैंझै लाईभमा देख्न सकिन्छ ।

अर्कोतिर युट्युवमा फेमस रियालिटी शोको रूपमा चिनिएको ‘द ब्लाइन्ड डेट’ बाट चर्चामा आएकी शिलु पोख्रेल पनि आफ्नो भ्यूअर्ससँग गिफ्ट माग्दै गरेकी देखिन्छिन् ।

समाजका सुपरिचित कलाकारका ट्याग लागेका व्यक्तिले फुर्सदको समयमा टिकटकबाट आफ्नो फ्यानलाई मनोरञ्जन दिनु ठीक हो । तर, यसरी मुखै खोलेर आफ्नो चर्चाको फाइदा उठाउँदै पैसा अर्थात् क्वाइन माग्नु के उचित होला र ? उनीहरूले मलाई यस्तो गिफ्ट देऊ भन्दै चिच्याउन सुहाउला र ?

Previous articleस्वार्थ पूरा भैसकेपछि ट्रेड युनियनलाई बिर्सर्ने प्रवृत्ति छ: सभापति पुन
Next articleथारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता : डिगिया गाउँ प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here