
नेपालगञ्ज । नेपालगञ्जका युवाहरुले गरेको व्यवसाय तथा कार्यको बुधबार सरोकारवालाले संयुक्त अनुगमन गरेका छन् । नेपालगञ्जका विभिन्न क्षेत्रमा रहेका युवाले गरिरहेका उद्यम तथा कृषि कार्यको यहाँका सरोकारवालाले बुधबार संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं-८ का युवा वसिम शेष, सोही वडाका ऋतिक नाउँ, २१ नम्बर वडाका मुबारक अलि, २२ नम्बर वडाका मिथलेस पासी, सोही वडाका राम किसन र अनिल पासी, नेपालगञ्ज वडा नं १२ कि सावन चिडिमार, सोही वडाकै शान्ति चिडिमार, कमलेश चिडिमार, २ नम्बर वडाका अनुराधा मल्लले गरिरहेको व्यवसाय तथा कार्यको अनुगमन गरिएको हो ।
अनुगमनले यी युवाहरुको व्यवसाय तथा कार्य उपलब्धीमूलक रहेको देखिएको छ । सानो सहयोगमा पनि युवाहरुको सक्रियताले फलदायी बन्दै गएको र त्यो कार्यले उनीहरुलाई थप आशा जगाएको देखिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ का वडा अध्यक्ष तरुण बज्रचार्यले जानकारी दिनुभयो ।
“जुन किसिमले युवाहरुलााई सहयोग भएको छ, त्यो अनुसार उनीहरुले राम्रो गरिरहेका छन् ।,” नेपालगञ्ज वडा नं-२ का वडा अध्यक्ष मनोज श्रेष्ठले भन्नुभयो, “अनुगमन गर्ने कार्य अलि बढी हुनसके उनीहरुलाई आवश्यक सरसल्लाह बेलैमा दिन सकिन्थ्यो, जसले उनीहरुलाई थप सहयोग मिल्थ्यो ।”
“गरिरहेको कार्यमा युवाहरु सक्रिय भएर लागेको देखिन्छ, हामीले पनि उनीहरुलाई थप सहयोग गर्न सकिने भए गज्जब हुन सक्थ्यो ।,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । उनीहरुको यो प्रयास सराहनीय रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
थोरै सहयोग पाएर ती युवाहरुले आफुले चाहेको उद्यम संचालन गरिरहेका छन् । जसबाट उनीहरुले अहिले आम्दानी पनि गरिरहेका छन् । युवा पुस्तालाई यहीँ यसरी नै स्वरोजगार बनाउने सकिए बिदेशिनबाट धेरैलाई रोक्न सकिने वडा नं-२१ का अध्यक्ष राजकुमार बर्माले बताउनुभयो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपालगञ्जमा रहेको सामाजिक विकास मंञ्च (एस डिएफ) बाँकेले पावर फोर एवाई परियोजनामार्फत युवाहरुलाई रोजगारमा आवद्ध गराउन आवश्यक वातावरण तयार गरिरहेको छ भने यसमा नेपालगञ्ज उपमहानरपालिकाले सहकार्य गरेको छ ।
युवाहरुले गरिहेको आफ्नो व्यवसायलाई व्यवासयीकरुपमा अगाडी बढाउने सोंच बनाएका छन् । साथै उनीहरुले आफ्नो व्यवसायलाई व्यवसायीकरुपमा ठुलो बनाउनेसमेत अनुगमनका क्रममा प्रतिक्रिया दिए ।
अनुगमन गरिएका युवाहरुले कोट तथा लेडिज सुट सिलाई कटाई, गड्यौला पालन, कुखुरा पालन, कृषि कार्य, सुनचाँदी कारिगर, किराना पसल, विवाह घुम्टो सेट निर्माण, तरकारी खेती, बेकरी उद्योग, साइकल मर्मत र आल्मुनियम पसल संचालन गरेका छन् ।
साथै नेपालगञ्जमा रहेको नेत्रहिन संघको कार्यालयको अनुगमन गरिएको थियो । संघमा आश्रित युवाहरुलाई कम्प्यूटर तालिम पश्चात भएको उपलब्धीको बारेमा अनुगमन गरिएको थियो ।
यी युवाहरुलाई आफ्नो कार्य गर्नका लागि मञ्चले शुरुमा सीपमूलक तथा लघुउद्यम तालिम प्रदान गर्नुका साथै स्र्टाटप सर्पोट (आर्थिक-भौतिक सहयोग) गरेको छ । त्यहीँ सानो सहयोगबाट उनीहरुले आफुलाई अब्बल बनाउँदै लगेको मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
सम्भावना बोकेका युवाहरुलाई नै लगानी गरेको देखिएको भएपनि श्रोतको अभावलाई कम गर्न सुलभ र कम व्याजमा श्रोतको खोजी गरेर सहयोग गर्न जरुरी रहेको अनुगमनमा सहभागि नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत (छैठों) आशा शाहीले बताउनुभयो ।
अनुगमनमा नेपालगञ्जका नगर उपप्रमुख कमरुद्दिन राई, वडा नं-२, १२ र २१ का वडाअध्यक्ष क्रमश : बज्राचार्य, श्रेष्ठ, साहू, शिक्षा, कार्यपालिका सदस्य बसन्त कनोजिया, मोहम्मद मुजम्मिल राई, मोहम्मद मुजम्मिल, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, महिला विकास अधिकृत शाही, कृषि शाखाका भुवन प्रसाद पन्त, पत्रकार, नगरस्तरीय अपाङ्गता संजालका अधयक्ष गोकणर् प्रसाद आचार्य, सेभ द चिल्ड्रेनकी पावर परियोजना संयोजक फुलकुमारी चौधरी, मञ्चका कार्यक्रम संयोजक महेन्द्र चन्द लगायतको सहभागिता रहेको थियो ।






