
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं.-५ कम्दीस्थित कम्मर शाह मेलामा भएको नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक माध्यामिक विद्यालय प्रथम भएको छ ।
मेलाको तेस्रो दिन शनिबार आयोजना गरिएको नृत्य प्रतियोगितामा शहिद स्मारक सामूहिक तथा एक नृत्यमामा प्रथम भएको हो ।
प्रतियोगितामा फ्लोरिड एकेडमी द्वितीय र नवदुर्गा युवा क्लब तृतीय भएका छन् । प्रतियोगिताको बिजेतासँगै शहिद स्मारकले २५ हजार पुरस्कार पाएको छ भने द्वितीय हुने फ्लोरिडले १५ हजार र तृतीय हुने नवदुर्गाले ६ हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बिजयी टिमलाई पुरस्कारसँगै प्रमाण पत्रसमेत प्रदान गरिएको छ । प्रतियोगितामा बाँकेका ८ वटा विद्यालयले सहभागिता जनाएका थिए । स्थानीय नवदुर्गा युवा क्लबको सहकार्यमा भएको प्रतियोगितामा अन्य सांस्कृतिक कार्यक्रम भइरहेको मेला व्यवस्थापन समितिका अध्यक्ष झंक बहादुर थापाले जानकारी दिनुभयो ।
स्थानीय कला संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यका साथ सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । मेलाको अन्तिम दिन ७ गते दिउँसो र रातीसमेत नेपाली सांस्कृतिक कार्यक्रमसंगै नेपाली कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष थापाले बताउनुभयो ।
बाँके र बर्दियाका सर्वसाधारणसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको मेलाको शुक्रबार पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले उदघाटन गर्नुभएको थियो ।





