जानकी ३ का २९६ जनाको निःशुल्क आँखाको परीक्षण

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं-३ मा संचालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमार्फत २९६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

भिजन आँखा अस्पताल नेपालगञ्जको सहकार्यमा वडा कार्यालयले दुई दिन संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमार्फत ११० जना पुरुष र १८६ जना महिलाको निःशुल्क रुपमा आँखा परीक्षण गरिएको छ ।

पुष ४ गते इन्द्रपुर स्वास्थ्य चौकी र ६ गते श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इन्द्रपुरमा सो शिविर संचालन गरिएको वडा अध्यक्ष राजकुमार कुर्मीले जानकारी दिनुभयो ।

शिविरमार्फत गरिएको आँखा परीक्षणबाट ७० जनामा मोतिबिन्दुको समस्या रहेको देखिएको छ । स्वास्थ्य शिविरमा परीक्षण गराएका बिरामीहरुलाई निःशुल्क आवश्यक औषधी बितरण गरिएको छ ।

वडाअध्यक्ष कुर्मीका अनुसार मोतिबिन्दुको समस्या देखिएको र शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई ५० प्रतिशतसम्म शल्यक्रिया तथा औषधीमा छुट पाउनका लागि सिफारिस गरिएको छ ।

Previous articleलोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक प्रथम
Next articleभेरी सहकारीको २९ औं प्रतिनिधिमुलक वार्षिक साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here