आइतबारदेखि जानकीमा राष्ट्रपति रनिङ्ग शिल्ड हुँदै

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा हुने राष्ट्रपति रनिङ्ग शिल्ड छनौट तथा ७ औं पालिकास्तरीय अन्तर विद्यालय अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी सकिएको छ ।

यही पुस ७ देखि ९ गतेसम्म वडा नम्वर–३ मा रहेको नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुरमा संचालन हुँदैछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड समावेश छन् ।

यसैगरी रिले र हाईजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रोसमेत हुनेछ । प्रतियोगितामा ११ वटा विद्यालयका आधारभूत तह र मावि तहका छात्रछात्राहरुले सहभागिता जनाउने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले जानकारी दिनुभयो ।

Previous articleध्यान दिएर मनाइयो दिवस
Next articleलोक सांस्कृतिक नृत्य प्रतियोगितामा शहिद स्मारक प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here