
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ स्थित महादेवपुरी कचनापुर खानेपानी सरसफाई उपभोक्ता समिति शम्सेरगजको अध्यक्षमा सेरजंग गौतम निर्वाचित हुनुभएको छ ।
उपभोक्ता समितिको शम्सेरगजको शनिबार सम्पन ५ औ वार्षिक साधारण सभाले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा कलिराम थारू, सचिवमा शेरबहादुर घर्ती, कोषाध्यक्ष प्रेम वली चयन हुनुभएको छ ।
समितिको सदस्यहरू पहलबहादुर घर्ती, नैना खत्री, यज्ञबहादुर कनौ, तेजेन्द्र केसी, विष्णु केसी, ओमकृष्ण केसी, जिवराज अर्याल, मोति बोहरा र रेश्मी अधिकारी चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटनमा शत्रमा प्रमुख अतिथिका रुपमा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, विशिष्ट अतिथिका रुपमा वडा नम्बर ८ का वडा अध्यक्ष सालिक राम डाँगी, सानो शहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्य टेक नारायण भुसाललगायतको उपस्थिति रहेको थियो ।





