
नेपालगन्ज । लेखक भीमबहादुर शाहीको मनको पर्यासन शनिबार नेपालगन्जमा बिमोचन भएको छ । नेपालगन्ज वडा नम्बर १८ स्थित घरमा एक कार्यक्रमको आयोजना गरि सो पुस्तकको बिमोचन गरिएको हो ।
सर्वदा साहित्य संग्राम, नेपालगन्जको आयोजनामा बिमोचन कार्यक्रम गरिएको थियो । बिमोचनमा प्रा.डा.जनार्दशन आचार्य, शशीराम कार्की, महानन्द ढकाल लगायत साहित्यकारको उपस्थिति रहेको थियो । पुस्तकको उपस्थिति अतिथिहरुले बिमोचन गर्नुभएको थियो ।
पुस्तकमा जीवनमा हालसम्म विभिन्न समयमा घटेको घट्नाको बृतान्त लेखिएको छ । पुस्तकमा बागबजारकी साहुनी, तानसेनको बसाइ, खोलामो बगेको क्षण, सुरमा सरोवारका देवदुत, पवित्र कैलाश मानसरोवर (२०५४ सालतिर) पञ्जाबतिर बरालिँदा, माण्ट आबुका सेता बथान, बढीमालिकाको तीर्थाटन लगायतका यात्रा तथा बिताएका समयका बृतान्त प्रस्तुत गरिएको हो ।





