इन्धनको मूल्य घट्यो

नेपालगन्ज । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको जनाएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो ।

इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णय अनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

Previous articleहोलीमा नियम मिच्ने दुई सय बढी चालकलाई कारबाही
Next articleझडपपछि जयेन्दु बाल सुधार गृहबाट ३५ जनालाई अन्यत्र पठाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here