झडपपछि जयेन्दु बाल सुधार गृहबाट ३५ जनालाई अन्यत्र पठाइयो

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह बालबन्दीबीच झडप शुक्रबार रातीदेखि शनिबार साँझसम्म तजावग्रस्त नै रह्यो ।

प्रहरीले तनावग्रस्त अवस्थालाई शनिबार साँझसम्ममा नियन्त्रणमा लिएको थियो । विवादपछिको झडपमा दुई दर्जनबढी घाइते भएका थिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार गरियो ।

बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बाल सुधार गृहमा भएको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिने क्रममा ४ जना प्रहरी घाइते भएको बताउनुभयो ।

उनीहरु उपचार गरिएको छ । गृहमा भएको झडपपछि बालबन्दी बाहिर नै निस्केर प्रहरीलाई समेत ढुंगा हान्दै लखेटेका थिए । उनीहरुले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचर आगजनी, ग्राउण्ड फ्लोरमा रहेको सबै सामान तथा भवनमा नोक्सानी पु¥याएका छन् ।

पहिलो तलाको सिढी, रेलिङ्ग, झ्यालढोका लगायत प्रर्णरुपमा क्षति पु¥याएको प्रवक्ता पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन खोज्दा बालबन्दीहरुले सिलिण्डरसमेत ग्राउण्डमा फालेका थिए ।

आगलागीपछि नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो । ठूलो संख्यमा घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाहिर निस्केका बालबन्दीलाई घेरा हालेर बालसुधार गृहमा ल्याएको थियो ।

सुधार गृहमा २ सय ५५ जना बालबन्दी छन् । बालसुधार गृहमा पटक–पटक झडप हुने गरेको छ । यसअघिको झडपमा एक जनाको मृत्यु नै भएको थियो । १८ वर्षभन्दा कम उमेरका बालबन्दीलाई राख्ने भनिए पनि बालसुधार गृहमा २७/२८ वर्षका युवालाई समेत राख्दा यसप्रकारको झडप हुने गरेको छ ।

घट्नापछि प्रहरीले ३५ जना बन्दीहरुलाई अन्यत्र सारेको छ । प्रहरी प्रवक्ता पातलीका अनुसार गृहमा रहेका बन्दीहरुमध्येबाट ३५ जनालाई नौवस्तास्थित सुधार गृहमा सारिएको छ ।

उहाँका अनुसार २२ जनालाई प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घट्नामा संलग्न रहेका र थप मुद्दा चलाउनुपर्ने भएकाले उनीहरुलाई शनिबार जिल्ला कार्यालयको हिरासतमा राखिएको उहाँले बताउनुभयो ।

Previous articleइन्धनको मूल्य घट्यो
Next articleवन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना अभियान संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here