नरैनापुरमा अनलाइनमार्फत व्यक्तिगत घट्ना दर्ता शुरू

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न आज शुक्रबार २ वटा वडाबाट अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरिएको छ ।

शुक्रवार पहिलो दिनमा नरैनापुर गाउँपालिका–४ का निवासी बुवा सरिफ खाँ र आमा सरतुल खाँका एक महिने छोरा दिलशाद खाँ र जुबेर बुवा खाँ र आमा मीना बेगमका छोरा जावेद खाँको अनलाइनबाट जन्मदर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयाे ।

गाउँपालिकाको वडा नं. ४ बाट सुभारम्भ भएको अनलाइन व्यक्तिगत घटना दर्ता सबै वडाबाट बिस्तारै सेवा दिने उहाँले बताउनु भयाे । अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ कार्यक्रममा नरैनपुर गाउँपालिका–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा,वडा नं. २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमूख भरत महतो, योजना शाखा प्रमूख विजयकुमार यादव, पंजीकरण शाखा प्रमूख जयप्रकाश पाठक, वडा नं. ४ का सचिव सुजिता चौधरी, पंजीकरण शाखाका गोविन्दप्रसाद गोडिया लगायतको सहभागिता रहेको थियो ।

यस्तैगरि शुक्रबार नै नरैनापुर गाउँपालिका–६ का स्थानिय बासिन्दा राम नरेश यादव र आमा कला वती यादवका एक महिने छोरा श्याम सुन्दर यादवको पनि अनलाइनबाट जन्मदर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ गरिएको छ ।

गाउँपालिकाको वडा नं. ६ मा भएको अनलाइन व्यक्तिगत घटना दर्ता सुभारम्भ कार्यक्रममा गाउँपालिका–६ नम्बर वडाका वडाध्यक्ष बिरेन्द्र पाल सिंंह ,वडा नं. २ का वडाध्यक्ष मसुद अहमद खाँ, प्रशासन शाखा प्रमूख भरत महतो, योजना शाखा प्रमूख विजयकुमार यादव, पंजीकरण शाखा प्रमूख जयप्रकाश पाठक, वडा नं. ६ का सचिव जीवन लाल यादव, पंजीकरण शाखाका एम्. आई. एस् अपरेटर गोविन्दप्रसाद गोडिया लगायतको समेत सहभागिता रहेको थियो ।

Previous articleतीन कोठे विद्यालय भवन निर्माण
Next articleकाेहलपुरमा महासंघको साधारण सभा, केन्द्रिय सचिवलाई युनियनको ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here