
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा लाखौंको गहुँबाली जलेर खरानी भएको छ । सोमबार बिहान डुडुवा गाउँपालिका वडा नम्बर २ को कोल्ही गाउँ पूर्व गहुँ खेतमा आगलागी हुँदा भित्र्याउन तयार लाखौंको गहुँबाली जलेर खरानी भएको हो ।
सोमबार बिहान करिब ११ बजेको समयमा गहुँ खेतमा आगलागी भएको थियो । आगलागी भएको थाहा पाउनेबित्तिकै स्थानीय किसान नियन्त्रणमा जुटेका थिए । ६ जना किसानको खेतमा भित्र्याउन तयार गहुँ जलेर खरानी भएको पिडितमध्येकै बृजमोहन भुजुवाले जानकारी दिनुभयो ।
उहाँको अनुसार ११ बजेको समयमा आगलागी भएको स्थानीयले जानकारी पाएका थिए । आगलागी लगत्तै खेलमा पुगेको भुजुवा पारिवारको पनि चार पाँच कठ्ठा गहुँ खरानी बनेको छ ।
‘हामी त्यहाँ पुग्दा खेतमा लागेको गहुँ खरानी भइसकेको थियो,’ बृजमोहनले भन्नुभयो, ‘भित्र्याउन नपाउँदै गहुँ खरानी भएको छ । आफुसँगै आधा दर्जन किसानको गहुँ जलेको छ । धेरै पिडा भयो । कसैले बिडी खाएर फालेको ठुटोले गहुँ खेतमा आगलागी भएको खुल्न आएको छ ।’
प्रहरीका अनुसार ६ जनाको खेतमा रहेको गहू जलेर खष्ट भएको छ । आगलागी भएको करिब पौन खण्टामा स्थानीय किसान, नजिकै बाटो निर्माणमा प्रयोग भइरहेको पानी टंयाँकरको सहायतामा सो आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट २ बिगाहा पक्की क्षेत्रफलको करिब चार लाख बढीको गहुँ जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।





