
नेपालगन्ज । पश्चिम नेपालका चर्चित निर्देशक नवराज सुवेदीको अर्को थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार-बार’ सार्वजनक भएको छ । सो गीत सेविल इन्टरटेन्टमेन्टको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
बाँकेका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको भिडियो राम्रो बनेको सरोकारवालाले प्रतिक्रिया दिएका छन् । गीतको सार्वजनिक समारोहमा बोल्दै यस क्षेत्रका समाजसेवी इश्वर पोखरेलले गीत राम्रो बनेको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय स्तरबाट पनि उत्कृष्ठ छायाँकन तथा उत्पादन हुन सक्ने भन्दै आगामी दिनमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले गीत आफैमा राम्रो रहेको र निर्देशन पनि गज्जब भएको प्रतिक्रिया दिनुभयो । उहाँले पछिल्लो समय पश्चिम नेपालमा थुप्रै चलचित्र तथा गीतहरुको छायाँकन हुने गरेको बताउनुभयो । उहाँले पश्चिम नेपाल कलाकारको उर्वर भूमि भएकाले यस क्षेत्रको कलाकार फष्टाउन जरुरी रहेको भन्दै यस्ता यस्ता प्रोजेक्टले सो कार्यमा सहयोग पुर्याउने धारणा राख्नुभएको थियो ।
सार्वजनिक समारोहमा गीत उत्पादनमा सहभागि मुख्य कलाकारसहित, गायक लगायतको उपस्थिति रहेको थियो भने अतिथि तथा कलाकारलाई सम्मानसमेत गरिएको थियो । पश्चिम नेपालका निकै चर्चित रहनुभएका सुवेदीले यो ९९ औं गीत रहेको छ । यस गीतको कन्सेप्ट, फाइट र निर्देशन स्वयं सुवेदीको छ ।





