
नेपालगन्ज । अर्घाखाँची सम्पर्क मञ्च बाँकेकाे प्रथम साधरण सभा तथा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बाँकेकाे जानकी गाउँपालिकास्थित हाेटल पाैवामा एक कार्यक्रमबीच साे कार्यक्रम सम्पन्न भएको हो ।
अर्घाखाँची सम्पर्क मञ्च बाँकेका अध्यक्ष बिष्णु प्रसाद खनालको अध्यक्षता एवं पूर्व संविधान सभा सदस्य देवराज भारकाे प्रमुख आतिथ्यता र लुम्बिनी प्राबिधिक बिश्वबिधालयका प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यतामा भएकाे हाे ।
अध्यक्ष खनालले बाँकेमा छरिएर रहेका अर्घाखाँची बासीहरुलाई मञ्चले एकजुट गराई सुमधुर सम्बन्धसँगै अफ्ट्यारो परेको बेला एकअर्कामा मिलेर सहयोग गर्न टेवा पुर्याउने, लुम्बिनी तथा कर्णाली प्रदेशका पर्यटकिय स्थानलाई प्रचारप्रसार सहयोग हुने बताउनुभयाे ।
मञ्चक काेषाध्यक्ष किरण खनालले आर्थिक बर्ष ०८०/८१ को प्रतिवेदन पेश गर्नुभएको थियाे । साधरण सभामा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै पूर्व संविधान सभ सदस्य भारले मञ्चले समाजमा रहेका दुखि, गरिब र बेसाहाराको सहयोगी बन्नुपर्नेमा जाेड दिनुभएको थियाे ।
त्यस्तै विशिष्ठ अतिथि प्राध्यापक डा. घिमिरेले मञ्चले अर्घाखाँचीबासीको आत्मीयतामा जोडिने काम गरेको भन्दै आफू जहाँ रहेपनि जन्मस्थलको नाम रहने गरि काम गर्न आग्रह गर्नुभयाे ।
यस्तै प्रथम साधरण सभाले जिल्ला तथा नगर कार्यसमिति चयन गरेकाे छ । अधिवेशनबाट बिष्णु खनालको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेकाे छ ।
समितिको उपाध्यक्षमा बुद्धी प्रसाद बन्जाडे, सचिवमा कृष्ण प्रसाद मरासिनी, कोषाध्यक्षमा किरण खनाल रहनुभएकाे छ भने सदस्यहरुमा शोभासर पौडेल, रेणुदेवि बेलवासे, कुलेन्द्र बिश्वकर्मा, जीव नारायण बेलबासे, कल्पना शर्मा, दमोदर खनाल, पसुपति अर्याल, राम प्रसाद भुसाल, मो.आजम अलि रहनुभएकाे छ ।
यस्तै आजिज अहमदको अध्यक्षतामा १३ सदस्यीय नेपालगन्ज नगर कार्यसमिति निर्विरोध चयन गरेको छ । नगर समितिको उपाध्यक्षमा अस्मिता शाह, सचिवमा जमल अलि, कोषाध्यक्षमा सीता बन्जाडे रहनुभएकाे छ भने सदस्यहरुमा सरिफ अलि, यसाेदिन मियाँ, हसिना खातुन, मोतिराम बेल्बासे, नारायण पोख्रेल, गिता घिमिरे, मनु बस्नेत, प्रवेस खनाल, रेवाजदिन मियाँ रहनुभएकाे छ ।







राम्रो सूचना तथा प्रस्तुति ।