टेसनपुरमा ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरू

नेपालगन्ज । बर्दियाकाे बढैयाताल गाउँपालिका वडा नम्बर ९ काे सुकुम्बासी बस्ती टेसनपुरमा ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरु भएकाे छ ।

विपन्न तथा पछाडि परेकाहरूकाे जिवनस्तर उकास्ने कार्यमा सक्रिय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को साे कार्यक्रम सञ्चालन गरेकाे औपचारिक रूपमा जानकारी गराएकाे छ ।

त्यहाँका मुक्त कमैया, मुक्त कम्लहरी तथा सुकुम्वासी परिवारका ३० घरधुरीलाई नमूना गाउँका रूपमा विकास गरिनेछ । साे कार्यक्रम संचालनका लागि संगठनले बढैयाता गाउँपालिकाकाासंग सम्झाैैता गरिएको छ ।

कार्यक्रमकाललागि गरिएको सम्झाैता पत्र गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीलाई हस्तान्तरणसमेत गरिएको छ । साे अवसरमा लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीकाे समेत उपस्थिति रहेकाे थियाे ।

साे हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पन्थीले देशमा यस्ता कार्यक्रम सुरु हुनु सकारात्मक पहल भएको बताउनुभयाे । उहाँले कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोड्ने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयाे ।

यस्तै नेपाल-भुटान समन्वय अधिकारी केन सिन्जुले वातावरणीय चुनौतीसँग जुध्दै गाउँलाई अर्ग्यानिक तथा पोषणयुक्त खाद्य उत्पादनतर्फ उन्मुख गराउने लक्ष्य रहेको बताउनुभयाे । उहाँले पराल जलाउने परम्परालाई निरुत्साहित गर्दै त्यही परालबाट च्याउ उत्पादन गर्ने सीप स्थानीयलाई सिकाइएको जानकारी दिनुभयाे ।

गाउँपालिका अध्यक्ष त्रिपाठीले बढैयाताल गाउँपालिका शुद्ध तोरीको तेल, दुग्धजन्य पदार्थ र कृषि उत्पादनका कारण पहिचान बनाउँदै आएको उल्लेख गर्दै नयाँ परियोजनाले स्थानीयको जीवनस्तर अझ माथि उठाउने विश्वास व्यक्त गर्नुभयाे ।

यस्तै नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष एकराज उप्रेतीले बर्दियाका पाँच सहकारी संस्था एफएओ नेपालसँग साझेदारीमा जोडिएको जानकारी दिनुभयाे ।

Previous articleबिशालकाे हत्यामा संलग्न छ जना पक्राउ (विवरणसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here