लैंगिक तथा घरेलु हिंसाबिरूद्व चार दिने अभिमुखीकरण सुरू

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ मा लैंगिक हिंसा तथा घरेलु हिंसाबिरूद्व चार दिने अभिमुखिकरण कार्यक्रम संचालन भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ काे कार्यालयकाे समन्वय सहकार्यमा महिला जागृती सेल बाँकेको आयाेजनामा बिहीबारदेखि साे अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हाे ।

कार्यक्रमलाई वडा अध्यक्ष गाेविन्द प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको थियाे । साे क्रममा बाेल्दै उहाँले यस्ता विषयमा समुदायस्तरमा सचेतना आवश्यक रहेकाेमा जाेड दिनुभएको थियाे । यस्ता समस्या आए के गर्ने भनेर थाहा नभएकाले धेरै महिलाहरूले पीडा सहन बाध्य भईरहेकाे यस सम्बन्धमा रहेकाे कानुनी व्यवस्थाका बारेमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयाे ।

महिला जागृती सेल बाँकेका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा शुरु भएको अभिमुखीकरण कार्यक्रममा नेपालगन्ज उपमाहानगरपालिकाका कानुनी सल्लाहकार माया शर्मा, नेपाल पत्रकार माहासंघ बाँकेका उपाध्यक्ष करुणा शाहलगायतले महिला हिंसा न्यूनीकरणको बारेमा आफ्नाे धारणा राख्नु भएको थियो ।

कार्यक्रमको संचालन महिला जागृती सेलका सचिव शिला श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा करिव ५२ जनाको सहभागिता रहेको महिला जागृती सेलका कोषाध्यक्ष रत्ना शाह राणाले जानकारी दिनुभयो ।

Previous articleमिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १५ जना छनाैट
Next articleसूर्तीजन्य पदार्थरहित दिवसमा हाजिरी जवाफ : मध्यपश्चिम प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here