
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १५ जना छनाैट भएका छन् ।
शनिबार नेपालगञ्जमा भएको अडिसनमा उल्लेखनीय सहभागीता रहेको थियो । पिके इभेन्ट्स प्रालिको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई.काे चौथो संस्करण बिहीबारदेखि शुरु भएको छ ।
इभेन्ट्सलाई ब्राण्डिङ गर्दै लैजाने योजनाका साथ तेस्रो संस्करणको अडिसनका लागि ३६ जनाले सहभागिता जनाएको प्रालिका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिनुभयो ।
यो प्रतिस्पर्धामा हालै एस.ई.ई दिएका विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् । नेपालगञ्जमा हुने गरेका ब्युटी पेजेन्ट कार्यक्रमहरु मध्ये पिके इभेन्ट्सले गर्ने कार्यक्रम बिश्वसनीय र गुणस्तरीय हुने गरेकाले सहभागिका अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको अध्यक्ष कुँवरले बताउनुभयाे ।
युनाइटेड एजुकेशनल ऐकेडेमीकाे एजुकेशन साझेदारी रहेको चौथो संस्करणको कोरियोग्राफी सुप्रिया पुन मगर र बिराज थापाले गर्दै हुनुहुन्छ । प्रतिस्पर्धाका क्रममा सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरिएकाे आयोजकले जनाएको छ।





