सूर्तीजन्य पदार्थरहित दिवसमा हाजिरी जवाफ : मध्यपश्चिम प्रथम

नेपालगन्ज । नेपालगन्जमा विश्व सूर्तीजन्य पदार्थरहित दिवस २०२५ को अवसरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा मध्यपश्चिम प्राविधिक शिक्षलय प्रथम भएको छ ।

दिवसको अवसरमा नेपालगन्ज उपमहानरपालिकाको आयोजनामा भएको शुक्रबार उपमहानरपालिका परिसमार भएको प्रतियोगितामा मध्यपश्चिम प्रथम हुन सफल भएको हो ।

यस्तै प्रतियोगितामा सुष्मा कोइराला मेमोरियल कलेज द्वितीय हुन सफल भएको छ भने कलेज अफ अलाईड हेल्थ साइन्स नेपालगन्ज तृत्तीय स्थान ल्याउन सफल भएको छ ।

प्रतियोगितामा बिजयी हुन सफल प्रथम, द्वितीय र तृत्तीयलाई क्रमश: नगद दुई हजार, एक हजार पाँच सय र एक हजारका दरले प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

विजयी कलेजका विद्यार्थीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही अवसरमा बोल्दै नगर प्रमुख बिष्टले सूर्तीजन्य पदार्थ सेवन मानिसको प्राणघातक हुने बताउनुभयो । यो नराम्रो कार्य भएकाले सबैले यस्ता कुलतलाई त्याग्नुपर्ने बताउँदै उहाँले आफुले पनि छाडीसकेको धारणा राख्नुभएको थियो ।

यस्तै उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले विद्यार्थीहरु भनेको यसलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको व्यक्ति भएको बताउनुभएको थियो । उहाँले यसखालको कुलतबिरुद्ध सबैको सक्रियतासँगै विद्यार्थी एम्बासडरका रुपमा प्रस्तुत हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

यसैगरी स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले विद्यालयस्तरमा सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै यस बिरुद्धमा युवा पुस्ताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका कार्यापालिका सदस्य वसन्त कनोजिया, मो मुजम्मिल हुसेनलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नेपालगन्जका विभिन्न ७ वटा कलेजका विद्यार्थीहरुको समूहले सहभागिता जनाएको कार्यक्रमलाई फोकल पर्सन एवम् जनस्वास्थ्य निरीक्षक सरोज रिमालले संचालन गर्नुभएको थियो ।

Previous articleलैंगिक तथा घरेलु हिंसाबिरूद्व चार दिने अभिमुखीकरण सुरू
Next articleचितुवा नियन्त्रणमा लिन श्यामकलि र शान्ती कलि परिचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here