जीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम संचालित बाँकेको खजुरा गाउँपालिकाका १६ ओटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकका लागि ३ दिने तालिम शुरु भएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्वारा आयोजनामा साेमबारदेखि खजुरामा तिन दिने तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डम्बर बहादुर बिकले रुम टु रिड र बासमार्फत सञ्चालन भएको बालिका शिक्षा कार्यक्रमको उपलब्धी अत्यन्तै सकारात्मक देखिएकाले पालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिने योजना अगाडी बढाएको बताउनुभयाे ।

बालिका शिक्षा कार्यक्रम एक प्रभावकारी कार्यक्रम रहेको बताउदै कार्यक्रमले बालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाई थियो । मधेशी, मुस्लिम समुदायका किशोरीमा आएको परिवर्तनले अभिभावको समेत धारणा सकारात्मक भएको पाईएकाले गाउँपालिकाका १६ वटै माबिमा सञ्चालन गर्न पालिका अगाडी बढेको बताउनुभयो ।

यसैगरी उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि तथा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि बालिका शिक्षा कार्यक्रम एक सफल कार्यक्रम भएको बताउनुभयाे ।

कार्यक्रमका अतिथि तथा खजुरा गाउँपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले बिद्यालय अनुगमनको क्रममा बालिकाहरुमा आएको परिवर्तन कार्यक्रमको उपलब्धी मापनको अधार रहेको बताउदै कार्यक्रमलाई निरन्तर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयाे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि तथा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले कार्यक्रमको उपलब्धीमा सबै सकारात्मक रहेकाले निरन्तरताको योजना बनाएको बताउनुभयाे । उहाम्हले सबै माबिमा जानु चुनौतीसँगै अवसर रहेकाले सबै बिद्यालयहरुले उक्त चुनौतीलाई अवसरमा बदल्न सफल हुने विश्वास ब्यक्त गर्नुुभयाे ।

तालिमको उद्घाटन सत्रमा रुम टु रीडका फिल्ड म्यानेजर दिनेश पोखरेलले तालिमको उद्धेश्य माथि प्रकाश पार्नुभ एकाे थिया । उहाँले बालिका शिक्षा कार्यक्रमलाई अपनत्व स्विकार गर्दै निरन्तरताका लागि अगाडी बढाएकोमा खुसी लागेको बताउनुभयाे ।

जीवन उपयोगी सीप, जीवन उपयोगी सीपको १० तत्वहरुबारे प्रशिक्षित गर्ने र विद्यालय स्तरमा जीवन उपयोगी सीपलाई जारी राख्न सक्षम बनाउने, जलवायु न्याय पाठ्यक्रम पाठ्यक्रम किन सान्दर्भिक छ र यस पाठ्यक्रमका सिकाइ उद्देश्यहरू के के हुन् बुभ्ने, यस पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जलवायु परिवर्तन सम्बन्धी ज्ञान हासिल गर्ने, निर्देशिकाको सत्रहरुमा रहेको विशेष क्रियाकलापहरुको अवधारणामा स्पष्ट हुने, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिकता र जलवायु न्यायसम्बन्धी ज्ञान हासिल गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

उक्त तिन दिने तालिमको सहजीकरण रुम टु रीडका जय प्रजापती, दिनेश पोखरेल, निरोज कोइराला, बासका कार्यक्रम संयोजक हेमराज भट्ट, शोभा भण्डारी, सविता सुनार, जमुना चौधरीले गर्नेछन् ।

Previous articleचार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन
Next articleनेपालगन्जमा हिटवेभ एक्सन डे मनाइयाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here