नेपालगन्जमा हिटवेभ एक्सन डे मनाइयाे

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा लैङ्गिक तथा समावेशीकरण सम्बन्धी अभिमुखीकरण तथा ‘तातोको थकान र घामको गम्भीर अवस्थालाई चिनौ’ भन्ने मुल नाराका साथ हिटवेभ एक्सन डे मनाइएको छ ।

नेरेसो लैङ्गिक तथा समावेशीकरण समितिकी संयोजक शान्ति श्रेष्ठले रेडक्रसमा महिला सहभागिताका लागि महिला सदस्य बनाउनु अनुरोध गर्नुभयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले जलवायू परिवर्तनको असरले हरेक वर्ष तापक्रम बृद्धि भैरहेको र नेपालकै नेपालगन्ज शहर सबैभन्दा गर्मी हुने ठाँउको रुपमा परिचित रहेको जानकारी गराउँदै तातो हावाको लहर ‘लु’ को बारेमा आमसमुदायलाई सचेत गराउन आवश्यक रहेको कुरा बताउनु भयो ।

उक्त अवसरमा नेरेसो उपशाखाका स्वयंसेवकहरुलाई तातो हावा लहर ‘लु` रेडक्रस अभियान प्रचार प्रसार, रक्तदाता उत्प्रेरणा र लैङ्गिक तथा समावेशीकरण सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

नेरेसो बाँके शाखाकी उपसभापति एवं लैङ्गिक तथा समावेशीकरण समिति संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत उपशाखाका सभापति, लैङ्गिक तथा समावेशीकरण समितिका संयोजक, सदस्य र कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरणको सहजीकरण नेरेसो बाँके शाखाका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, लेखा अधिकृत झवीलाल शर्मा र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नुभएको थियो ।

Previous articleजीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु
Next articleयोग समिति नेपालको ४३ औं केन्द्र बिस्तार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here