चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्नुभएको हो ।

सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरमा पठाइएको छ ।

कास्कीमा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ । कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।

Previous articleडुडुवाले गर्यो दुई आश्रममा सहयोग
Next articleजीवन उपयोगी सीप र जलवायु न्याय क्लब (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here