स्तनपान परामर्शकर्ताहरुको क्षमता अभिवृद्धि तालिम सुरु

नेपालगन्ज । भेरी अस्पतालमा बुधबारदेखि स्तनपान परामर्शदाताहरुको लागि ३ दिने स्तनपान परामर्शकर्ताहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा तालिम सुरु भएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य सचिव श्रेष्ठले जन्मिने बित्तिकै जति सक्दो छिटो नवजात शिशुलाई आमाको दूध खुवाउनुपर्ने र त्यसका लागि आमाहरुलाई अनिवार्य परामर्श गर्नु पर्नेमा जोड दिनुभयो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुबेदी पुडकोपना, ख्याउटेपना, बाल मृत्युुदर घटाउन तथ्यांक विश्लेषण गरी लक्षित समुहमा परामर्श केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्तनपान तथा आमाबच्चाको सुधार गर्न आमा तथा बालबालिकालाई परामर्श सहित निरन्तर निगरानी गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भेरी अस्पताल, बर्दिया अस्पताल, नेपालगन्ज मेडिकल कलेज, सन्जिबनी मेडिकल कलेज, आम्दा अस्पताल, युनिभर्सल मेडिकल कलेजबाट २५ जना सहभागीहरु रहेको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Previous articleजमुनाहा हेल्थ डेस्कको अनुगमन
Next article‘पावर फोर एवाई’ परियोजनाको अनुगमन, सहयोग उपलब्धीपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here