
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीविरुद्ध साढे पाँच करोड रुपैयाँको चेक अनादर सम्बन्धी मुद्दामा जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी प्राप्त भएको हो ।
स्रोतका अनुसार पाँच करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको आरोपमा चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको हो । प्रहरीले उजुरी कसले दर्ता गराएको हो भन्नेबारे खुलाएको छैन ।
चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ एकीकृत समाजवादी पार्टीका उपमहासचिव समेत हुनुहुन्छ ।





