वैदेशिक रोजगारीमा गएका खजुराका १४ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरामा वैदेशिक रोजगारीमा जानेको अवस्था चिन्ताजनक रहेको पाइएको छ । दुई वर्षभित्र १४ जना वैदेशिक रोजगारीमा गएकाको मृत्यु भइसकेको छ । जसमध्ये हालसम्मको तथ्याँकअनुसार कुल २८ जनाको ज्यान गइसकेको छ । ४ जना अङ्गभङ्गको केश आएको रोजगार सेवा केन्द्रले जनाएको छ ।

सेवा केन्द्रका अनुसार ६ हजार ४ सय जना हालसम्म वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जाने व्यक्ति मृत्यु हुनेमा अधिक खाडी मुलुक रहेको छ । खजुरामा वैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिका लागि पुनः एकीकरण कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएकाहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

गाउँपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा खजुराका वैदेशिक रोजगारीमा गएर फर्केकाहरु सहभागिता रहेको थियो । सेवा केन्द्र लोकराज संज्यालले वैदेशिक रोजगारीमा जाँदा पूर्ण श्रम गरेर मात्र जान अनुरोध गर्नुभयो । केन्द्रले एकल महिला रोजगार कार्यक्रम अन्तर्गत जीवन उपयोगी सीप, हाते औजार बनाउने तालिम लगायत सञ्चालन गरिएको जनाएको छ ।

रोजगार सेवा केन्द्रले सुरक्षित आप्रवास (सामी) कार्यक्रम सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने, जान चाहने र फर्किएकाहरुका लागि विभिन्न सीपमूलक तालिम दिने गरिएको शाखा प्रमुख लोकराज संज्यालले जनाउनुभयो । सेवा केन्द्रले नागरिकमा सूचनाको पहुँच, कानुनी सहजीकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता प्रदान गर्ने गरेको शाखा प्रमुख संज्यालले बताउनुभयो ।

Previous articleशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा
Next articleअनधिकृत स्थलमा बजेट बनाएको कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here