काेहलपुरबाट नक्कली नोट र १९ किलो अफिमसहित दुई जना पक्राउ

कोहलपुर । नक्कली नोट र १९ किलो अफिमसहित बाँकेकाे कोहलपुरबाट पत्रकार बताउने एक जना र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतबाट खटिएको लागु औषध अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रा.लिबाट १ हजारका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट घर भएका आफुलाई अनलाईन टिभी पत्रकार भन्ने मान बहादुर शाही (सहकारी) र बाँफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन रहेका छन् ।

सुर्खेत र छिन्चु गरी ३ जना र बाँके जिल्लास्थित कोहलपुर गरी कूल ४ जनालाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव श्रेष्ठले बताउनुभयाे ।

पक्राउ परेकाहरुलाई आज सुर्खेत प्रहरीले सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयाे । कर्णाली प्रदेश प्रहरीका अनुसार सुर्खेत र छिन्चुबाट १२ लाख ४९ हजार र ११ किलो अफिल तथा कोहलपुरमा १९ किलो अफिम र २५ हजार ५०० नक्कली नोट फेला परेको हो ।

Previous articleसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
Next articleभारतबाट धनमाल लुटपाट गरी आएका ६ जना कोहलपुरबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here