एक करोड लागतमा नेपालगन्जमा एमडी क्याफे एण्ड रेष्टुरेन्ट संचालन

नेपालगन्ज । करिब एक करोड बढी लगानीमा नेपालगन्जमा थप अर्को क्याफे तथा रेष्टुरेन्ट संचालनमा आएको छ ।

नेपालगन्जको बीपी चोक नजिकै रहेको गुरुद्वारासंगै सटेको भवनमा संचालनमा आएको एम डी क्याफे तथा रेष्टुरेन्टको पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनमा पूर्व मन्त्री राईसँगै, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व कृषि सहकारी मन्त्री भण्डारीलाल यादव, बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र कांग्रेस नेता ललित रौनियारलगायतको उपस्थिति रहेको थियो ।

मन्त्री राईले नेपालगन्जमा पनि काठमाण्डौंको जस्तो स्तरीय र आकर्षक क्याफे तथा रेष्टुरेन्ट संचालन हुन थालेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालगन्जमा क्याफेलगायतका व्यवसाय संचालन गर्न पछिल्लो समय युवा पुस्ता सक्रिय भएको पाइएको हुँदा क्याफेका संचालकलाई सफलताको शुभकामनासँगै बधाई दिनुभएको थियो ।

क्याफेका संचालक मोहम्मद अहमद राईका अनुसार क्याफेका निर्माणमा ३ महिना लागेको र करिब एक करोड लगानी लागेको जानकारी दिनुभयो । क्याफेले नेपालगन्जमा नयाँ स्वाद प्रस्तुत गर्नेसमेत राईले बताउनुभयो । यसअघि पनि नेपालगन्जमा क्याफेहरु संचालनमा आइसकेका छन् ।

Previous articleआर्थिक वर्ष २०८०/०८१ मा एक खर्ब २० अर्ब राजस्व वृद्धि
Next articleसैयद कृषि सहकारीका सदस्यबीच अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here